८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मिनकृष्णले काँग्रेस कार्यकर्ताको भीडमा ‘लाल सलाम’ भनेपछि अलमल्ल




ललितपुर खबर
७ मंसिर ०७९, ललितपुर । मंगलबार साँझ बज्रवाराहीस्थित मतगणना स्थलमा ललितपुर क्षेत्र नं. १ को प्रदेशसभा २ बाट नेपाली काँग्रेसका उम्मेदवार मीनकृष्ण महर्जन विजय भएको घोषणा भयो ।
लगत्तै विजय ¥याली निस्कियो । ¥याली बज्रबाराही मन्दिरतर्फ मोडियो । विजेता महर्जनले बज्रवाराहीको दर्शन गरे । अनि सुरु भयो कोषसभा ।
कोषसभालाई विजयी महर्जनले सम्बोधनको क्रममा हात मुठ्ठी कसेर भने, ‘लाल सलाम’ । (हेर्नुस् तस्विर)
काँग्रेसका कार्यकर्ताहरु मात्रै सहभागी कोषसभामा सबै कार्यकर्ता अलमल्ल परे । लगत्तै महर्जनले भने, ‘यो जीत मेरो मात्रै होइन । गठबन्धनको जीत हो ।’
उनले विजयी सभामा नेकपा माओवादीका कार्यकर्ताहरुलाई समेत सहभागी गरानु पर्ने बताए । तर भीडमा एउटा नेकजा माओवादीको झण्डा देखियो । महर्जनले गठबन्धनले सरकार बनाउने र लामो समयसम्म सहकार्य हुने बताए ।
ललितपुर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदयशम्सेर राणाले गठबन्धनको सहयोगले मात्रै विजय सम्भव भएको बताए ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ३८ बजे