१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ठेकेदारले पुर्यो ठेचो सडकको खाल्टा खुल्टी




ललितपुर खबर
१७ मंसिर ०७९, ललितपुर । सडक कालोपत्रे गर्ने भन्दै ललितपुर ठेचो सडकमा खाल्टो खनेर अलपत्र छोडेको ठेकेदार कम्पनी नवजानुका जेभीले खाल्टो पुरेको छ ।
ललितपुर खबरले सडकमा खाल्टो खनेर छोड्दा यात्रुलाई सास्ती भएको समाचार प्रकाशन गरेको भोलिपल्टै शुक्रबार ठेकेदार कम्पनीले खाल्टो पुरेको हो ।
हप्ता दिनअघि नवजानुका जेभि सडकमा ग्राइभेल राख्ने भन्दै खाल्टो बनाएको थियो । सडकमा एकातिर खाल्टो बनाउने र अर्कोतर्फ ग्राइभेल थुपार्दा साधुरो सडकमा जाम हुने र खाल्टोमा गाडी पस्दा दुर्घटना हुने खतरा थियो ।
यस सडक हुदै रातभर सयौं टिपर गुड्ने हुँदा कालोपत्र गरेको ६ महिनामै कालोपत्र भत्केको थियो । कालोपत्र भत्कदा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा दक्षिण ललितपुरका यात्रुले सास्ती पाइरहेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।