ललितपुर खबर
२४ मंसिर ०७९, काठमाडौं । गोदावरी र कर्मनासा खोला अतिक्रमण निरन्तर बढेको छ । खोला किनारमा पर्खाल लगाएर खेत बारी बनाउने क्रम बढेको गोदावरी खोला सरसफाइ अभियानकी अभियान्ता बेबी राजभण्डारीले बताइन् ।
उनले भनिन्, खोलालाई नाला बनाइएको छ । सर्वसाधारणले सहज रुपमा पानीको उपभोग गर्ने अवस्था छैन ।
सचेतना बढ्यो, नदिमा फोहोर कम फ्याकिन्छ
गोदावरी खोला सरसफाई अभियान १९९ हप्तासम्म आइपुग्दा खोलामा फोहोर फ्याक्ने क्रम कम हुँदै आएको छ । अभियन्ता राजभण्डारीका अनुसार आजकल ५ गुणा कम फोहोर भेटिन्छ । तर खोलाको बहाव भने घटेको छ ।
खोला किनारमा अभियन्ताहरुले राखेको होर्डिङबोर्ड र निरन्तर रुपमा गरिएको सचेतनाको प्रभावले नदिमा फोहोर फ्याक्ने क्रम कम भएको हो ।
नदि किनारमा पुल नहुँदा स्थानीयबासीलाई अप्ठ्यारो परेको छ । हिउँद याममा ढुंगा वालुवा राखेको बोरा आदीले अस्थायी पुल निर्माण गर्ने गरे पनि बर्षामा भने ओहोर दोहोर गर्न समस्या पर्ने गरेको छ ।
शनिबार गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १९९ हप्ताको सचेतनामुलक सरसफाइ कार्यक्रम गरी गोदावरी नगरपालिकाभित्र रहेको गोदावरी खोला र कर्मनासा खोलामा सन्देश मुलक सरसफाइ गरेर तथा निरिक्षण गरेर सम्पन्न भएको छ ।
बिगतमा अभियान्ताहरुले विभिन्न स्थानमा सन्देशमुलक होर्डिङ बोर्ड राखेकोमा ती बोर्डहरुको अवस्था बुझ्न निरिक्षण समेत गरिएको थियो । सरसफाईमा गोदावरी गोदावरी सरसफाइ अभियान संयोजक बेबि राजभण्डारी र गोदावरी अभियन्ता गोपि कार्कीसहित महिला समूह, छिमेकी महिला समूहका पदाधिकारी र अभियान्ताहरुको सहभागिता थियो ।
प्रतिक्रिया