३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आजदेखि उद्घाटनसँगै सञ्चालनमा




पोखरा
१७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटनसँगै सञ्चालन गर्ने भएको छ । नयाँ वर्ष सन् २०२३को अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने कार्यक्रम रहेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
५० वर्षअघिदेखिको पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पोखरेलीको सपना साकार भएको भन्दै खुसियालीमा पोखरा महानगरपालिकाले आज पोखरामा सार्वजनिक बिदासमेत दिएको छ ।
आज बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फूलमालाले स्वागत गर्नेछन् ।
चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले ११ अगष्ट २०१७ देखि विमानस्थल निर्माण सुरु गरेको थियो ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।