३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


वितेको वर्ष २०२२ का दृश्यहरु



ललितपुर खबर ललितपुर
१७ पुस । वितेको वर्ष २०२२ केही उत्साह र केही निराशासँगै वित्यो । यो समयमा स्थानीय, प्रदेश तथा संघको निर्वाचनसँगै एमाले र माओवादीको सरकार बनेसँगै राजनीतिक स्थायित्वका केही लक्षणहरु देखिए । यो अवधिमा कोरोना संक्रमण घटेर जनजीवन सामान्यतर्फ अघि बढ्यो । तर आर्थिक मन्दीले जनजीवन कष्टकर बन्दै गयो ।
गएको बर्ष राजधानीमा बाढी आयो । संस्कृतिविद् सत्यमोहन जोहीको दुखद निधन भयो । यिनै सेरोफेरोमा ललितपुर खबरका फोटोपत्रकार र विभिन्न एजेन्सीहरुले कैद गरेको तस्विर प्रस्तुत गरेका छौं ।

प्रम दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार बालुवाटरमा भेटवार्ता गर्नुहुँदै । लेन्स सौजन्यः अध्यक्ष ओली सचिवालय÷रासस

लुभुको बीच सडकमा टेलिफोन र इन्टरनेट तारको पोल ।

काठमाडौँको चन्द्रागिरि डाडाँबाट हिमश्रृङ्खला अवलोकन गर्दै पर्यटक । लेन्स : हरिराम भेटुवाल/रासस

यन्याः पुन्ही (ईन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगडिको डवलीमा जिब्रो छेडेर १७ वटा दीपसहितको अर्च धन्द्राकार भ्ये बोकी थिमि परिक्रमा गर्दै वीरेन्द्रभक्त गजु श्रेष्ठ । यसअघि २०७४ मा पनि उहाँले नै जिब्रो छेडेका थिए । लेन्स : रत्न श्रेष्ठ/रासस

तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।

ललितपुरको चापागाँउ न्यौपाने गाँउ ।

ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।

पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष ।

टिकाभैरवको खानीमाथि रहेको सानोभैसे बस्ती ।

राजधानीको विजुलीबजार ।

हरिसिद्धि पोखरी, हरिसिद्धि ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।