१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


आइसियुमा विरामीसँग भिडियो खिचेपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमाको आलोचना




काठमाडौं
११ माघ । राजधानीको बानेश्वर सडकमा शरिरमा आगो लगाएर आत्म दाह गरेका प्रेमप्रसाद अधिकारीलाई भेट्ने क्रममा स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्कीले भिडियो खिचेको सार्वजनिक भएपछि उनको आलोचना भएको छ ।
पेशाले डाक्टर समेत रहेकी डाक्टर कार्कीले आइसियुजस्तो संवेदनशिल ठाँउमा विरामीसँग भिडियो खिच्न नहुने भन्दै सामाजिक सञ्जालमा आयोचना भएको हो ।
आत्मदाह गरेका अधिकारीसँग आफू अस्पतालमा भेट्न आएको र आत्मदाह गर्न नहुने भन्दै सम्झाएको संवादमा सुन्न सकिन्छ ।
अधिकारीले आत्म दाह गर्नुअघि स्वास्थ्य राज्यमन्त्री कार्कीलाई समेत सम्बोधन गरेर लेखेका थिए । मन्त्री कार्की आत्म दाह गरेको खबरपछि मंगलबार नै अस्पताल पुगेकी थिइन् ।
केही दिनअघि एक अस्पतामा रिवन काटेदै गरेको तस्विर सार्वजनिक भएपछि मन्त्री कार्कीको आयोचना भएको थियो । मन्त्रीको पद बहालीको क्रममा आफूभन्दा सिनियर मन्त्रीले गरेको निर्णयमा हस्ताक्षर गर्न अघि सरेको भन्दै संचारमाध्यमहरुमा समाचार प्रकाशन भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ बाट संघीय संसदको टिकट पाएकी डाक्टर कार्कीले उर्जामन्त्री पम्फा भुसाललाई भारी मतले पराजित गरेकी थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।