१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौंको काँठमा देखिएको हरियाली (तस्विरहरु)



 

ललित खबर
२० फागुन । वसन्त ऋतुको सुरुआतसँगै राजधानीका काँठ क्षेत्रमा आजकल हरियाली छाएको छ । तोरी,फापर र मुलाबारीमा फूलहरु फुलेका छन् । फाँट र बारी रंगीचंगी छन् ।


घरै घरले ढाकिएको राजधानी काठमाडौंबाट केही पर काँठ घुम्नुको छुट्टै मज्जा छ । यहाँको शित्तल हावा, अनि स्वच्छ पानीको कलकल आवाजले स्फुर्ति दिन्छ ।


राजधानीको काँठ क्षेत्र आजकल मर्निङ वाक गर्न पनि उपर्युक्त छ । यहाँबाट सरद ऋतुमा हिमाल देखिन्छ भने आजकल हरियाँ फाँट । यहाँ चराहरु चिरविर गर्छन् । गहुँको पातमा शितको थोपा टलक्क टल्किन्छन् ।


काँठको जनजीवन पनि सामान्य छ । यहाँ खर्पन,ढोको र भारी बोक्ने किसान हिडीरहेको देख्न पाइन्छ । सूर्योदय र सूर्यास्थको मज्जा लिन पाइन्छ ।

 

    

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ४ : ४२ बजे