१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएपछिको खुशीयाली(तस्विरहरु)



काठमाडौं
२५ फागुन । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएपछि संसद परिसरमा नेतथाहरुले खुशीयाली मनाएका छन् । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै आफन्त लेन्स : रत्न श्रेष्ठ/रासस

निर्वाचन परिणाम आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपा समाजवादी अध्यक्ष माधवकुमार नेपालले अंगालो हालेर खुशी व्यत्तप गरेका छन् ।
पौडेल विजयी भएपछि देशभरका विभिन्न ठाँउमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले दिप प्रज्वलन गरेर खुशी व्यक्त गरिरहेका छन् ।

राष्ट्रपति पदमा विजयी भएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । लेन्स : रत्न श्रेष्ठ/रासस

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानमा सङ्घको एक र प्रदेशको चार मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।

शुभेच्छुकलाई अभविादन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेल। लेन्स : रत्न श्रेष्ठ/रासस

निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । यसैगरी उनका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

शुभेच्छुकलाई अभिवादन गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । लेन्स : प्रदीपराज वन्त/रासस

मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । पूर्वसभामुख पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ थियो ।

राष्ट्रपति पदमा विजयी भएपछि बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा प्रमाणपत्र वितरण समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र वितरण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया। लेन्स : रत्न श्रेष्ठ/रासस

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२÷६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । लेन्स : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ३ : ४६ बजे