१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा उच्च वृद्धि



काठमाडौं, २ फागुन । सुनको भाउमा उच्च वृद्धि देखिएको छ । बिहीबार सुन तोलामा नै एक हजार रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक लाख ६ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम रहेको थियाे ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

चैत १ गते, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

विश्व बजारमा पनि बढ्दै सुनकाे भाउ

अन्तरराष्ट्रिय बजारमा पनि बिहीबार सुनकाे भाउ महंगिएकाे छ । यस दिन सुन प्रतिअउन्स एक डलर भन्दा धेरैले बढेर प्रतिअउन्स एक हजार ९२० डलरमा काराेबार भइरहेकाे छ । चाँदी प्रतिअउन्स २१ डलरमा खरिदबिक्री हुँदैछ । डलर कमजाेर बन्दा पनि सुनकाे मूल्य बढेकाे हाे ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : २१ बजे