६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतबाट घटेर आयो इन्धनको मूल्य



काठमाडौं, २ चैत । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

आईओसीले पेट्रोलियम पदार्थको भाउ घटाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।

नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८६ पैसा र डिजेलमा १.७४ रुपैयाँ घटेको छ।

भारतबाट घटेर आए पनि आयाल निगमले इन्धनको मूल्य समायोजन गरेको छैन।

हाल बजारमा प्रतिलिटर पेट्रोल १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ।

बजारमा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पर्छ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ११ : ५३ बजे