१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्रिकेट रंगशालाबारे धुर्मुसले बोले,‘हामी भागेका छैनौँ’



काठमाडौं, ६ चैत । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अभियानमा सरकारको असहयोग र अनावश्यक बदनामी खेपेको गुनासो गरेका छन्।

फेसबकुमा अपलोड गरिएको करिब ३० मिनेटको भिडियोमा धुर्मुसले आफू र आफ्नो परिवारले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताए। १८ करोड ५३ लाख उधारो पैसा तिर्न नसकेपछि अभियानबाट हात झिकेका धुर्मुस सुन्तलीले गएको २ वर्षमा खेपेको मानसिक यातनाबारे धुर्मुसले खुलासा समेत गरे। ‘सरकारले धुर्मुसको रंगशाला भन्यो। तर यो हाम्रो रंगशाला हो। कतिले भागे यिनीहरू भन्नुभयो। हामी भागेका छैनौं। अहिले पनि यही रंगशाला रुँगेर बसेका छौँ,’ उनले भने।

पटक-पटक सिंहदबारमा ढोकामा गएर निराश भएर फर्कनुपरेका दुःख उनले गरे। बरु स्थानीय र केन्द्रीय सरकारको असहयोग खेपिरहँदा उल्टै आफूहरूमाथि अख्तियारमा उजुरी परेको बताए। ‘म दोस्रोपटक कोभिड संक्रमित भएँ। अत्यन्त कठिन अवस्थामा बेडमा सुतिरहेको बेलामा एक्कासि सञ्चारमाध्यममा अख्तियारमा उजुरी परेको कुरा आयो। सनसनी फैलियो। जब परियोजनाको खर्च साढे ५७ करोड मात्र छ, तर ५७ करोड भ्रचटाचार भनेर उजुरी हालियो,’ उनले भने।

महिनौं रिपाोर्टको प्रतीक्षामा खेलकुद मन्त्रालय धाउँदा अन्त्यमा सचविले भनेको कुरा उद्धृत गर्दै भने, ‘धुर्मुस जी, नेपाल सरकारसँग तपाईंको परियोजनाको कुनै लेनादेना छैन। तपाईंका यी रिपोर्ट महान्याधीवक्ताको कार्यालयमा पु¥याउनुपर्छ।’ महानगरले केन्द्रीय र केन्द्रीयले महानगरलाई देखाउँदा आफूहरू हैरान बन्नुपरेको बताए। उनले सबै हिसाब रिपोर्ट स्पष्ट भएको पनि बताए। ‘मैले गरेको काम सही छ मेरो आत्मालाई थाहा छ। आम सञ्चारमाध्यममा प्रतिवेदन सार्वजनिक भइसकेका छन्। ५७ करोड ९२ लाख खर्च भनिएको छ। त्यही हो वास्तविक खर्च। १८ करोड ४३ लाख त्यही हो तिर्नुपर्ने हिसाब। ३९ करोड ८० लाख जिन्सी गरेर रकम संकलन गरेका हँ हामीले। कहीँ लुकाउन छिपाउन खोजेका हैनौं। एकपछि अर्को परिबन्धमा फस्दै गयौं,’ उनले भने।

चितवनमा अभियानकै क्रममा गरिएको महायज्ञमा रकम दिने वाचा गरेकाहरूले सहयोग नगरेको समेत उनको गुनासो थियो। ‘हामीलाई बदनाम गरियो। घर जोडे, स्वीमिङ पुल जोडे भनेर। हो रातभरि रोएको आँसुको स्वीमिङ पुल छ हामीसँग,’ उनले भने।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ११ : ३३ बजे