१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अफगानिस्तानमा शक्तिशाली भुकम्प, भारतसम्मै धक्का महसुस



७ चैत्र । अफगानिस्तानमा मंगलबार राति पौने ११ बजेतिर ६.८ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भुकम्पको धक्का पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न स्थानमा महसुस गरिएकोे छ । भुकम्पको धक्का काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न स्थानमा समेत महसुस गरिएको खबरपछि यहाँ ठूलै धनजनको क्षति भएको अनुमान गरिएको छ ।
कालफगान भन्ने ठाँउबाट ९० किलोमिटर केन्द्रविन्दु रहेको यो भुकम्पको क्षतिबारे कुनै खबर अहिलेसम्म प्राप्त भएको छैन ।
पछिल्ला केही बर्षयता दक्षिण एशियाका विभिन्न मुलुकमा ठूला भुकम्पको धक्का महसुस गरिएको छ । गत २०७२ सालमा गएको भुकम्पले पालमा ११ हजारभन्दो धेरै मानिसको मृत्यु भएको थियो भने लाखौं घर ढलेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : १२ बजे