१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


‘गौतमबुद्ध क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्छ’



काठमाडौं, १२ चैत । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला आवश्यक छ भन्ने सन्देश भर्खरैकै आईसीसी विश्व कप क्रिकेट लिग–२ ले देखाइसकेको भन्दै भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेशनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिकाले लिने गरी निर्णय गर्न सरकारसमक्ष अनुरोध गरे । सदस्य देवकोटाले राज्यले गर्नुपर्ने काम व्यक्ति अग्रसर हुनु राम्रो भए पनि सरकारसँग गुहार मागेपछि सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : ०६ बजे