१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरी नगरपालिकाको आडैमा फोहोरको डंगुर (तस्विरहरु)



ललितखबर
१३ चैत्र । गोदावरी नगरपालिकाको मुख्यालय बज्रवाराहीको ५० मिटर अगाडि छ, चापागाँउको बज्रवाराही मन्दिर । मन्दिर अगाडि ढोकैमा थुपारिएको छ,फोहोरको डंगुर । यही फोहोर अगाडि फुल प्रसाद व्यापारी बसेर दिनहुँ व्यापार गर्छन् । तर यो फोहोर सफा गर्ने जाँगर कसैसँग छैन ।
नगर सफा र व्यवस्थित राख्ने जिम्मा लिएको गोदावरी नगरभित्र जहाँ त्यही फोहोर छ । ती सार्वजनिक स्थल सफा राख्न नगरपालिकाले खासै पहल गरेको देखिदैन ।
उता गोदावरी १० प्याङ्गाँउमा रहेको वडा कार्यालय अगाडि पनि फोहोरको डंगुर छ । नजिकै होलसेललगायत धेरै पसल छन् । तर सरसफाईमा वडा कार्यालयको ध्यान गएको छ्रैन । खुलेआम फोहोर फ्याक्दा समेत वडाका जनप्रतिनिधिहरुले हेरेर बसेका छन् ।


केही दिनअघि बज्रवाराही जगल सरसफाईमा नेपाली सेनाले गरेको थियो । नगरभित्रको जंगल सफा गर्न सेना नै गुहार्नु परेको भन्दै स्थानीयले आलोचना गरेका थिए । जव की यो जंगल सरसफाई गर्न ज्योतिदय संघले जिम्मा लिएर पिकनिक स्टल र पार्किङको पैसा उठाइरहेको छ ।


बज्रवाराही जंगल मात्रै होइन गोदावरीको पागलबन कुस्लेचौर,भागाँबन,गोदावरी, झरुवाराशीलगायतका दर्जनौं स्थानमा फोहोरको डंगुर देखिन्छ । तर नगरपालिकाले जंगलको फोहोर उठाएर व्यवस्थित गरेको छैन ।


किन जंगल फोहोर ?
श्रृजनशील नामक एक संस्थाले गोदावरीको फोहोर उठाउने गर्दछ । यस संस्थाले प्रति घरको फोहार ३ सय ५० शुल्क तोकेर उठाउने गरेको छ । थोरै आय भएको काँठका बस्तीमा महँगो शुल्क लगाएको भन्दै स्थानीयहरुले शुल्क घटाउन अनुरोध गरे पनि उसले चर्को शुल्क लिइरहेको छ ।


स्थानीयहरु महँगो शुल्क तिरेर फोहोर फ्याक्न राजी छैनन् । उनीहरु फोहोर जम्मा गरेर जंगलमा फ्याक्छन् । त्यसैले बस्ती वरपरको जंगल फोहोर छ ।
गोदावरी नगरपालिकाका एक कर्मचारी श्रृजनशीलसँग नगरपालिकाको सार्वजनिक स्थानको फोहोर सफा गर्ने भन्दै सम्झौता गरेर पैसा लिएको भए पनि सफा नगरेको बताउछन् ।


सम्झौताको सुरुको समयमा श्रृजनशीलका कर्मचारी सार्वजनिक स्थल फिा गर्न आइरहेका भेटिन्थे । तर पछिल्ला बर्षहरुमा बजार वरपरका बस्ती उत्तिकै फोहोर छ । कसैलाई वास्ता छैन ।


व्यापारी नै फ्याक्छन् फोहोर
प्याङ्गाँउ चापागाँउ, गोदावरी र झरुवाराशी वरपरका व्यापारी पसलमा आएको फोहोर सार्वजविक स्थलमा फ्याक्ने गर्दछन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १ : २५ बजे