१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


मकवानपुर फापरबारी नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



 

१५ चैत्र । मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारी नजिकै साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती ८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौँडा अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ३९ बजे