२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


जावलाखेल ए डिभिजन लिगको शीर्ष स्थानमा



काठमाडौं, २१ चैत । सातदोबाटो युथ क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा ङ्गलवार भएको खेलमा जावलाखेलले सातदोबाटोलाई २–१ गोलले हरायो । जावलाखेलका फोडे फोफाना र मोसाबीले गोल गरे भने सातदोबाटोका दिपकराजसिंह ठकुरीले एक गोल फर्काए ।
तालिकाकाे शीर्ष स्थानमा रहेको जावलाखेलको ६ खेलबाट १३ अङ्क रहेको छ भने दोस्रो स्थानको सातदोबाटोको १२ अङ्क छ । आजै च्यासलमा भएको अर्काे खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् । दुई गोलको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज बराबरीमा रोकिन बाध्य भयो । चर्च ब्वाइजका आशिष चौधरी र अनन्त तामाङले तथा एनआरटीका रोशन खड्की र सरोज तामाङले गोल गरे ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।