१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘टुल्की’ समिक्षा : मौलिक कथामा उत्कृष्ट चलचित्र



ललितखबर
१४ जेठ । राजधानीलगायत देशभरका चलचित्र भवनहरु शुक्रबारबाट चलचित्र ‘टुल्की’ चलिरहेको छ । बहुपतिमा आधारित चलचित्र ‘टुल्की’ एक ब्राम्हण कुलकी महिना जव जनजाती समुदायका युवकसँग प्रेममा परेर विवाह गर्छन् उनले झेलिरहेका समस्या चलचित्रमा देखाइएको छ ।


जव गाँउघरमा हुर्कीरहेकी युवती तीन जना दाजुभाईको पत्नी बनेर अन्जानबश भित्रिन्छन् अनि कथाको असली द्वन्द्व सुरु हुन्छ । एक महिलाले धेरै जना श्रीमानसँग बस्नु पर्ने बाध्यतालाई चलचित्रले देखाएका कारण दर्शकहरुलाई कौतुहन हुनसक्छ । चलचित्रले संस्कृतीलाई विरुद्ध आवाज बोलेको छैन । तर बदलिदो समाजको झिल्को चलचित्रमा उतारेका छन् । हिमाली भेगकी महिलाले भौग्दै आएको छाउ प्रथालाई पनि चलचित्रले देखाएको छ । जुन ज्यादै मार्मिक छ ।
चलचित्रले परम्परा र संस्कृति धान्ने नाममा आधुनिक बन्दै गएको पुस्ताले असझिलो महसुस गरिरहेको भान दिलाउने कोसिस निर्देशक देवजङ्ग थापाले गरेका छन् ।


राजधानीका सडकमा नारीबादीहरुले चर्कारहेको चर्का नारा र डोल्पालगायत देशको भूभागमा आज पनि कायम बहुपति प्रथाबीच हाम्रो नेपाली समाज कहाँ छ भन्ने चलचित्रले प्रष्ट पारिदिएको छ ।
चलचित्रका निर्माता शेखर लामाले देशको दुर्गम बस्ती उपल्लो डोल्पाजस्तो खर्चिलो ठाँउमा पुगेर चलचित्र खिच्ने सहास गरेका छन् ।
धेरै चलचित्र हेर्दा दर्शकलाई राम्रा लाग्छन् तर चलचित्रको अन्त्य जस्टिफाई गर्ने किसिमले अन्त्य हुँदैन अनि दर्शक निराश भएको पाइन्छ । तर ‘टुल्की’मा देखाइएको अन्तिम दृश्यपछि सबै दर्शकले ताली बजाउछन् अनि हर्षबोध गरेर हलबाट सनतोषको सास फेरेर फर्कछन् ।
अभिनेत्री स्वस्तिमा खड्काको अभिनय पनि तारिफयोग्य छ । उनले निभाएकी अभियनले धेरैको आँखामा आँशु ल्याउछ ।


निर्देशक थापाले चलचित्रको कमजोरी देखाउने ठाँउ नै छोपिदिएका छन् । कथा र त्याहाको भाषा र परिभेषमा बनाइएको यस चलचित्रमा कमजोरी खोज्ने कसैले आँट गर्दैन । किन कि यो कथा असाध्यै नयाँ मौलिक र मानव जानजातीकै लागि उत्सुकता जगाउने कथा हो ।
चलचित्रमा ज्यादै सुन्दर र रोचक ढंगबाट यौनको विषयबस्तु देखाइएको छ । कलाकार शेखर वाङदेन बाहेक सबै कलाकार नयाँ छन् तर चलचित्रको अभिनय हेर्दा नयाँ कलाकारले होइन कलामा भुत्तभोगीले अभिनय गरिरहेको भान हुन्छ ।
चलचित्रमा कुनै गीत छैन । फाइट छैन । तर द्वन्द्व छ । सामाजिक परम्परा र संस्कृतीले बाँधिएको बन्धनले कथालाई
चलचित्रमा सिनेमेट्रोग्राफरले डोल्पाका दृश्यलाई ज्यादै सुन्दर ढंगले खिचेका छन् । जुन नेपाली चलचित्रमा देख्नै मुस्किल छ । हिमाली पहडको कन्दरा, त्यहाका खर्क, हिमाली मौलिक गाँउ, बस्ती, तालतलैया, झरना र सुन्दर हिमाललाई चलचित्रको पृष्टिभूमिले चलचित्रलाई मौलिक बनाउन सघाएको छ । मिठो पार्शसंगीतले चलचित्रको मौलितामा रंग भरेको छ । चलचित्रमा प्रयोग भएका खच्चड,पुराना घर, वनपाखा र भेषभुसाले दर्शकलाई मोहित पार्छ ।
निर्देशकले हरेक कलाकारलाई मौलिक रुप रंगमा पर्दामा उतारेका छन् । त्याँहा कुनै चमकधमक र मेकअप देखिदैन । जुन चलचित्रको अर्को सुन्दर पक्ष हो ।

हिमाली भेगको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्ती नपुग्ने दर्शकका लागि त्यहाँको गाँउबस्ती र परिभेष हेर्ने मौका समेत चलचित्रले दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : १६ बजे