८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टुँडीखेलमा यसरी मनाइयो गणतन्त्र दिवस(तस्बिरहरु)



१५ जेठ । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा बिशेष प्रदर्शन गरेको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित थिए। यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवाज प्रस्तुत गरेका थिए।

नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : २० बजे