४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड



१९ जेठ । सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । जेठ १९ गते, सुन तोलामा ८०० रुपैयाँले महंगिएको छ । चाँदी पनि शुक्रबार प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणापछि सुन तोलामा नै पाँच हजार २०० रुपैयाँले बढिसकेको छ । भन्सार दर बढ्दा सुनकाे भाउले हरेक दिन ऐतिहासिक रेकर्ड बनाइरहेकाे छ। आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको थियाे । सुनको भन्सार १५ प्रतिशतले बढेर १२ हजार ४ सय रुपैयाँ तोकिएको छ । प्रति १० ग्राम चाँदीमा लाग्ने भन्सार १५ प्रतिशतले बढेर १२३ रुपैयाँ ५ पैसा निर्धारण गरिएकाे छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँको उचाईमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य बढोत्तरी भएर ऐतिहासिक रेकर्ड बनाएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, चाँदीको भाउ निरन्तर चौथो दिन वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४३५ रुपैयाँमा किनबेच हुँदेछ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला १५ रुपैयाँले महंगिदा एक हजार ४१० रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ०८ बजे