४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


सुन तस्करी प्रकरणमा अनुसन्धानको जिम्मा प्रहरीलाई



२१ साउन । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाणसहित प्रहरीलाई अनुसन्धानको जिम्मा लगाइएको जानकारी दिए ।

सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको उनले बताए । राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो । यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : १७ बजे