८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौं महानगरले शहरका संरचना भत्काएपछि (तस्विरहरु)



 

२ भदौं । काठमाडौं महानगरपालिकाभित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन्। महानगरभित्रका संरचना भत्काइएका छन् तर बनाइएका छैनन्।

सार्वजनिक एवं सरकारी जग्गा मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो। त्यसैले काठमाडौं महानगरपालिकाले त्यस्ता संरचना भत्काइदिएको हो।

खहरे खोला÷नदीसमेत अतिक्रमण गरी घर, भवन बनाइएका छन्। केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरुमा महानगरपालिकाले डोजर चलायो। त्यतिमात्रै होइन, हात्तीसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुसी, रत्नपार्कमा सार्वजनिक जमिन हडपेर राखिएका पसललगायत संरचना महानगरपालिकाले भत्काइरहेको छ।

अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइदै ।

तर यसबाट मानव स्वास्थ्यमा पर्ने समस्याबारे महानगरपालिका अनभिज्ञझैँ देखिएको छ। भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरले बनाएको देखिँदैन। महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पत्ति हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन। किनभने महानगरपालिकाले संरचना भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन। भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन्।

कपन मिलनचोक सडक भत्काएर खोला उत्खनन गरिदै ।

सामाखुसी नदी उत्खननपछि खोला किनारका पसलहरुको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएका जमिनको अवस्था हेर्नुहोस्, भद्रगोल छ।

कपनमा गरिएको खोला उत्खनन होस् वा अनामनगरमा भत्काइएको भद्रकुमारी घले आश्रमको घर, भताभुंग छ। भत्काइएपछि कतै पनि व्यवस्थापन गरिएको छैन।

कपनका खोला उत्खननका क्रममा साततले ।

त्यसैले महानगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना भत्काउने मात्र होइन, त्यसको व्यवस्थापन गरी नागरिकलाई हिँडडुल गर्न सहज हुने वातावरण पनि बनाइदिनुपर्छ। काठमाडौंलाई अझ सुन्दर बनाउने काममा महानगरपालिका लागे जनप्रतिनिधिप्रति नागरिक आशावादी हुनेछन्।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्बिर :

अनामनगरको भद्रकुमारी घलेको आश्रम भत्काउदै श्रमिक।

खोला खोलेपछि कपन मिलनचोक ।
रत्नपार्कलाई खुल्ला राख्न संरचना भत्काएर मिलाइएको माटो ।
हात्तिसारमा टुकुचा खोलामाथि खनेपछि उम्रेको झारपात ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ८ : २४ बजे