८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सरकारी कार्यालयहरुको कन्तविजोक (तस्विरहरु)



काठमाडौँ
१६ भदौं । जनतालाई सहज र सरल रूपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हो । तर आफै अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ?

सिंहदरवार प्लाजास्थित राष्ट्रिय विमा संस्थान परिसरमा फ्याकिएको सरकारी कागजात ।यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौँकै सरकारी कार्यालयहरूको हरिबिजोग छ । त्रिपुरेश्वरस्थित पशु सेवा व्यवसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् । सरकारले सरसफाइ र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरूले काम गरे÷नगरेको निरीक्षण गर्नेहरू आफ्नै धुनमा मस्त हुन्छन् । त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ ।

भन्सार विभागमा विग्रेको डिजिटल सूचना बोर्ड ।

भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नुस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा सङ्ग्रहालयको अवस्था फोटोमा हेर्नुहोस् । सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् ।

काठमाडौं उपत्यका खानेपानी कार्यालयको भत्केको गार्ड घर ।

सिंहदरबार अगाडि राखिएको तोपको कुनै महत्त्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पत्ति तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् ।

यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरू आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्त्व बोकेका धरोहरका विषयवस्तुहरूको लापरबाही गरेर बस्छ । राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पत्तिहरूको दुरुपयोग र हेलचेक्र्याइँ छ ।

राष्ट्रिय सूचना आयोग परिसरमा फ्याकिएको फोहोर ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सरकारी सम्पत्तिमाथि नेतृत्वको हेलचेक्र्याइँ र दुरुपयोग सम्बन्धी यी तस्बिर :

गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएपछि ।
लोक बाजा संग्रालय ।
पुल्चोकस्थित श्री महलपरिसरमा फ्याकिएका पुराना मोटरसाइकल ।
आन्तरिक राजस्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड ।
त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषदको भवनमा बर्षेभेल पसेपछि ।
यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र ।

 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ०० बजे