८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बेथानचोक हत्याकाण्ड : एक युवक पक्राउ



काभ्रे
१६ भदौ । काभ्रेको बेथानचोक हत्याकाण्ड संलग्नको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका १ घर भएका २८ वर्षीय निर्मल बुढाथोकीको हत्या गरेको अभियोगमा दोलखासैलुङ गाउँपालिका ८ घर भएका २६ वर्षीय सुजन उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बेथानचोक गाउँपालिका २ स्थित ढोलखोलामा मंगलबार बिहान निर्मल बुढाथोकी मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौं ढल्कुबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागूऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुल्न आएको हो । साथै बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्नद आएपछि तत्काल प्रहरी टोली खटिई गई तलासी गर्दा तिर्थराजको घरबाट सुजनको झोला, पासपोर्ट तथा अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ केजी ७७ ग्राम फेला पारी तिर्थराज समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काभ्रेपालाञ्चोकबाट सुजन उपर ज्यान सम्बन्धी कसूर मुद्दामा ५ दिन र तिर्थराज उपर लागूऔषध सम्बन्धी कसूर मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : २८ बजे