२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


माई बज्रवाराही सहकारीमा लफडा



ललितखबर
१९ असोज ।

ललितपुर बज्रबाराहीस्थित माई बज्रबाराही बचत तथा ऋण सहकारीमा सञ्चालक समितीका पदाधिकारीहरुबीच विवादपछि लफडा भएको छ ।
सहकारीका पदाधिकारीहरुबीच विवादका कारण साधारणसभा स्थगित गरिएको छ । यही असोज २७ गते आह्वान गरिएको साधारणसभा गोदावरी नगरपालिकाको सहकारी शाखाले साधारण सभा नगर्न पत्र पठाएको हो ।
सहकारीका अध्यक्ष रामभक्त महर्जनको अनुपस्थितीमा बसेको संस्थाको सञ्चालक समितीको बैठकले साधारण सभा आह्वान गरेपछि विवाद सतहका आएको हो ।
आफ्नो अनुपस्थितीमा साधारण सभाको बैठक तोकेको भन्दै नगरपालिकाको सहकारी शाखामा निवेदन दिएका थिए ।
सहकारीको कार्यसमितीले भने अध्यक्ष रामभक्त महर्जनलाई निस्क्रिय बनाएर निर्णय गरेको बताइन्छ ।
नगरपालिकाले साधारणसभा स्थगित गर्न नपर्ने भए कागजातसहित पेश गर्न भनेपनि २७ गते नै साधारण सभा गर्ने भन्दै पत्र बाड्न सुरु भएको छ ।
सहकारीका उपाध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा बैठक बसेर साधारणसभा आह्वान भएको हो ।

 

सहकारीले बौद्ध डेरीलाई ४ करोड ऋण लगानी गरेको विषयलाई लिएर सहकारीका पदाधिकारीहरुबीच विवाद उत्पन्न भएको हो ।
सहकारीलाई डेरीले व्याज समेत भुक्तानी गर्न नसकेपछि पदाधिकारीहरुबीच मनमुटाव भएको हो ।
यो साधारणसभाले नयाँ कार्यसमिती चयन गर्ने योजना रहेको छ । अध्यक्ष रामभक्त महर्जनले दुई कार्यकाल पुरा गर्दैछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।