५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एमसीसीको प्रसारण लाइनको ठेक्का रद्द



२६ असोज । न्यूनतम लागत भन्दा बढीमा प्रस्ताव परेपछि एमसिसी प्रसारण लाइनको टेन्डर रद्द भएको छ। एमसिए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेपछि रद्द भएको हो।

एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन चरणमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

प्रसारण लाइन निर्माणको लागि एमसिए नेपालले २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो। तर, न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो।

अमेरिकी अनुदानमा निर्माण हुने विद्युत्तीय प्रसारण लाइन सम्बन्धी तीनवटै प्याकेजको ठेक्का रद्द भएको हो।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।