२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल १० वर्षपछि विश्वकपमा छनोट



१७ कात्तिक । नेपाल १० वर्षपछि सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गर्दै फाइनल पुगेसँगै नेपाल विश्वकपमा छनोट भएको हो ।

नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले पराजित गरेको हो । मुलपानि क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन जोडे । यूएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे । साथै कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एक/एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ५२ बजे