१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काठमाडौँमै छरपस्ट छन् ०७२ सालको भूकम्पका क्षतिग्रस्त संरचना (तस्विरहरु)



एनएएन(नान)

काठमाडौँ । हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रूपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको हो ।


२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन् ।


टाढाको कुरै नगरौँ । काठमाडौँको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरू पुनः निर्माण सुरु समेत भएका छैनन् । २०७२ सालको महाभूकम्पको भग्नावशेषहरू सङ्घीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् ।

२०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठुलो क्षति भएको छ । अझै पनि विज्ञहरूले पश्चिम नेपालमा ठुलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् ।


अब बेलैमा पुनः निर्माण नगर्ने र पूर्व तयारीका साथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चित प्रायः छ । आजको फोटो फिचरमा काठमाडौँ वरपरका २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरु ।

      

 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ५ : ५९ बजे