८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


टिकटक तत्काल बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन



२८ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । एक विज्ञप्तिमार्फत सूचना जारी गर्दै प्राधिकरणले सरकारले गरेको निर्णय कार्यान्वयनको लागि टिकटक तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

‘नेपाल सरकार मन्त्रिपरिषदको २०८०/०७/२७ गतेको बैठकबाट सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन दिइसकेकोमा केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र प्रयोग भइरहेको भन्ने बुझिन आएकाले तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै सेवा प्रदायकहरुलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।’

प्राधिकरणले निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । ‘यो निर्देशन/आदेश पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन÷आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  २ : ११ बजे