२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अष्ट्रेलिया बन्याे छैटौं पटक विश्व च्याम्पियन



३ मंसिर । घरेलु मैदानमा भारतलाई हराउँदै अष्ट्रेलिया छैटौं पटक विश्व च्याम्पियन बनेको छ । अहमदावाद स्टेडियममा एक लाख ३० हजार दर्शकको सामुन्ने भारत ६ विकेटले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले आफ्नो अपराजित यात्रा जोगाउन नसक्दा विश्व च्याम्पियन बन्न सकेन । अष्ट्रेलियाका फास्ट बलरहरुको चर्को दबावमा परेका भारतीय ब्याटरहरुले ठूलो स्कोर तयार पार्न सकेनन् ।

भारतका निम्ति केलएल राहुलले सर्वाधिक ६६ रन र विराट कोहलीले ५४ रन बनाए । कप्तान रोहित शर्माले ३ छक्का र ४ चौका प्रहार गर्दै ३१ बलमै ४७ रन बनाएर आउट भएका थिए । तर अर्का ओपनर सुभमन गिल र श्रेयस ऐअर धेरै बेर टिक्न सकेनन् । सूर्यकुमार यादवले १८, रवीन्द्र जडेजाले ९, मोहमद सिराजले ९ र मोहमद शामीले ६ रन जोडे । गिल र ऐअर ४/४ रनमा आउट भए भने जसप्रित बुमराह १ रनमै आउट भए । नटआउट कुलदिप यादवले १० रन जोड्दा भारतले २४० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा अष्ट्रेलियाका डेभिड वार्नरलाई ७, स्टेभेन स्मिथ ४ र मिकेल मार्श १५ रनमा आउट हुँदा भारत उत्साहित बनेको थियो । अष्ट्रेलियाकै जस्तो भारतको पनि फास्ट बलरहरु बुमराह, शामी र सिराजले विकेट लिए ।

तर अष्ट्रेलियाका ओपनर ट्रेभिस हेड र मार्नुसले च्याम्पियन साझेदारी गरे । लक्ष्य भेटाउन दुई रन बाँकी रहँदा हेड १३७ रन जोडेर आउट भए । उनलाई मार्नुसले नटआउट ५८ रन प्रहार गरे । सात ओभर खेल बाँकी रहँदै लक्ष्य भेटाउन ग्लेन म्याक्सवेलले दुई रन जोडे ।

यो खेलसँगै भारतले घरेलु मैदानमा तेस्रो पटक विश्व च्याम्पियन बन्ने अवसर गुमाएको छ । जबकी समूह चरण र सेमिफाइनलका कुनैपनि खेल भारतले हारेको थिएन । अष्ट्रेलिया भने समूह चरणको पहिलो दुई खेल लगातार पराजित भएको थियो । त्यसपछि लयमा फर्किएको अष्ट्रेलिया विश्व च्याम्पियन बन्यो ।

अष्ट्रेलियाले सन् १९८३, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ३६ बजे