१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


खुमल्टारमा भेटिए आधुनिक घाँसी भिमप्रसाद, महिनामै बचाउछन् एक लाख रुपैयाँ



ललितखबर
८ मंसिर । ललितपुरको खुमल्टारस्थित नास्टको कार्यालयपरिसरमा दक्षिण ललितपुरको शंखु निवासी घाँस काट्दै गरेको अवस्थामा भिमप्रसाद घिमिरे भेटिए । उनको हातमा हसिया थिएन । पेट्रोलबाट चल्ने ग्रास कटर मेसिन चलाएर उनी घाँस काट्दै थिए ।
बर्षभरि २५ हजार बुझाएर घाँस काट्न टेण्डर पाएका घिमिरेले पाँच वटा भैसी र ४ वटा गाई पालेका छन् ।
घर घरमा दुध पु¥याएर महिनाको २ लाखको दुध बेच्ने उनी गाईभैसीलाई खाना र आफूलाई खाना खर्च गरेर महिनाको १ लाख चोखो बचाउछन् । भन्छन्, ‘हामी दम्पती आफै काम गर्छौं । गाई भैसी पाल्छौं ।’
ग्रास कटर मेसिन किनेपछि घिमिरेको काम सजिलो भएको छ । खुमल्टार क्षेत्रमा धेरै घाँस पाइने हुँदा उनी खुशी छन् । १६ हजार तिरेर मेसिन किनेपछि एक घण्टामै १० भारी घाँस काट्स सकिने उनको भनाई छ । भन्छन्, ‘कामदार चाहिदैन । म एक्लैले घाँस काट्छु ।’
दक्षिण ललितपुरको पाखा पखेरामा घाँस काटेर जीवन गुजारेका घिमिरे १६ बर्षअघि काठमाडौं छिरे । यहाँको समथर जमिनमा घाँस काटेर भैसी पाल्न पल्केका उनी गाँउमा भन्दा सुख पाइने बताउछन् ।
शहरमा गाँउमा जस्तो छैन । पराल र दाना पाइन्छ । पैसा तिरेपछि गाडीमा पराल आउँछ । मेसिनले काटेर थोरै हरियो घाँसमा मिसाउदा पनि हुन्छ । घिमिरे भन्छन्, ‘जाँगर भए २० वटा भैसी पाल्न गाह्रो छैन । पौरख चाहिन्छ । पैसा मनग्गे कमाइन्छ ।’
शहरमा गाई भैसी पाल्न जमिन पाउन भने कठीन बन्दै गएको घिमिरे।े अनुभव साटे । गोवर गन्हाउने भन्दै शहरबासी किसानलाई हेला गर्ने गरेको उनको दुखेसो छ । भन्छन्, ‘मिठो दुध खान्छन् तर गवोवर गन्हाउछ भन्छन् ।’
उनी बर्षको ५० देखि ६० गाडी मल बेच्छन् । एक गाडीको १ हजार दुई सय रुपैयाँले विक्छ मल । बर्षको ७० हजार मल बेचेरै कमाउछन्, घिमिरे ।

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : ०९ बजे