२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


लुक्ला उडेको जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै हराएपछि…



२४ मंसिर । काठमाडौँबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपत्कालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ः३१ मा काठमाडौँबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।
उक्त जहाजको आपत्कालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘काठमाडौँको रनवे चेक गर्दा सिसा खसेको पाइएन । बाटोमा कतै खसेको हुन सक्छ ।’
जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा आपत्कालीन ढोकामा सिसा थिएन । जहाज सामान्य रूपमै अवतरण गरेको थियो । जहाजमा दुई जना यात्रु पनि थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ५२ बजे