११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मन्दिरमा झिलिमिली बत्ती जडान, सम्पदाको मौलिकता विगारेको भन्दै विरोध



२९ मंसिर । गत बर्षको तिहारमा राजधानीको मैतिदेवि मन्दिर अगाडिको सडकमा झिलिमिलि बत्ती बालियो । झिलिमिलि बत्तीको आर्कषणले धेरै युवा युवती रातको समयमा मन्दिर परिसरमा पुगे । भिलिमिली बत्ती अगाडि बसेर फोटो खिचेरमा फेसबुकलगायत सामाजिक सञ्जालमा राख्ने मात्रै होइन टिकटक बनाउने जमात नै मैतिदेवि पुग्यो ।
बत्तीकै आर्कषणले मैतिदेवि मन्दिरको प्रचार भयो । दर्शनार्थीको भीड बढेपछि यो बर्ष व्यवस्थापन समितीले गएको दशैदेखि बत्ती सडकै भरि बत्ती बाल्यो । मैतिदेवि झलमल्ल बन्यो ।
मैतीदेविमै सिको गरेर यो बर्ष दशैंमा ललितपुरको लगनखेलस्थित महालक्ष्मी मन्दिरमा पनि झिलिमिली बत्ती बलियो । त्यसपछि तिहारमा राजधानीको धेरै मन्दिरमा झिल्के बत्ती राख्ने फेसन नै सुरु भएको छ ।
सम्पदा क्षेत्रमा सेतो,निलो र पहेलो रंगको बत्ती राख्दा मौलिकता हराएको सम्पदाप्रमीले गुनासो गर्दै विरोध गरेका छन् ।
सम्पदा क्षेत्रलाई ऐतिहासिक र पुरातात्विक स्वरुपमा बचाएर राख्नु पर्नेमा मौलिकता विगार्ने काम भइरहेको सम्पदा संरक्षणमा क्रियाशिल यादवलाल कायस्थ बताउछन् । उनी भन्छन्,‘हाम्रो ऐतिहासिक पर्यटकीय शहरलाई लण्डन र दुवाई शहरजस्तो झिल्के बत्तीले सिझाउन थालिएको छ । यो आपत्तीजनक छ ।’
सम्पदा संरक्षणकर्मी कायस्थ मन्दिरलाई बत्तीले सझाउने भए परम्परागत माटाको बत्ती, पाला बजारमा धेरै पाइने सुझाव दिन्छन् । भक्तपुरमा बनाइने माटाका विभिन्न माटाको बत्ती राख्न सकिने उनको सुझाव छ । उनी भन्छन्, ‘बरु विजुली बत्ती नै प्रयोग गर्दा हुन्छ । तर सम्पदा क्षेत्रको स्वरुप विग्रन भएन आधुनिकता प्रर्दशन गर्नु भएन ।’
संरक्षणकर्मी कायस्थ आधुनिकताको नाममा शहरको सम्पदामा दाग लाग्नेमा चिन्तित छन् । भन्छन्, ‘हाम्रो पर्यटकीय स्थल हेर्न आउने पर्यटकलाई लण्डनको जस्तो बनाएर देखाउन थालेदेखि नेपाल आउदैनन् । लण्डनतिरै जान्छन् । हामीले हाम्रो मौलिकता देखाउने हो ।’
उनी यस्ता कामले नेवारी मौलिकता हराएर जानेतर्फ सचेत हुनुपर्ने बताउछन् ।
रुखमा झिलिमिली,चराचुरुंगीलाई असर
शहरका गल्ली गल्लीका रुख रुखमा झिल्के बत्ती राख्दा चराचुरुंगी बस्न छोडेको भन्दै विरोध सुरु भएको छ । गतबर्ष राजधानीको माइतीघर मण्डलामा काठमाडौं महानगरले यस्तो बत्ती राखेपछि अहिले शहरभरि नै रुखमा बत्ती राख्न सुरु भएको छ ।
झिलिमिली बत्ती राखेपछि रुखमा बास बस्ने काग, भँगेरा, परेवालगायत चराचुरुङीहरु बास बस्न छोडेको भन्दै राजधानीबासीले विरोध गरेका छन् । यस्तो कामले शहरको पर्यावरणमै असर पर्ने र माउसुली, छेपारो र सर्पजस्ता जीव नै शहरबाट हराएर जानेतर्फ वातावरणविद्ले चिन्ता गरेका छन् ।
केही समयअघि ललितपुर महानगरले सडक बत्ती राखेसँगै रुखमा पनि झिलिमिली बत्ती राख्न सुरु गरेको छ । बस्तीमा अनावश्यक बत्ती बालेको भन्दै महानगरले अध्ययनविना नै बत्ती राखेको भन्दै विरोध गर्ने जमात पनि भेटिएका छन् ।
काठमाडौं महानगरले काठमाडौंको आकब्रिज र पोलहरुमा झिलिमिती बत्ती राख्दा विभिन्न रंगहरुका बत्ती जडान गरेको कारण आँखामा असर परेको र सडकमा आवागमनमै बाधा परेको भन्दै विरोध भएपछि पुरानो फ्याकेर समान एक रंगको बत्ती राखेको थियो ।

 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : १७ बजे