काठमाडौं
१ पुस । शुक्रबारबाट नेपाली चलचित्र ‘दुई कदम’ राजधानी काठमाडौंलगायत देशभरका हलहरुमा प्रर्दशनमा आएको छ । पुराना चलचित्र निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औं चलचित्र ‘दुई कदम’ प्रेम कथामा आधारित चलचित्र हो ।
गएको २४ गते चलचित्र दिमाग खराब प्रर्दशन भएयता कुनै नेपाली चलचित्र हलमा प्रर्दशन भएनन् । आर्थिक मन्दी, भारतीय चलचित्र एनिमलको प्रर्दशन र दशैं तिहारपछि मनोरञ्जन क्षेत्रमा आएको सन्नटाका कारण निर्देशक निर्माताले यो अवधिमा नयाँ चलचित्र ल्याउने आँट गरेनन् ।
चलचित्र ‘दुई कदम’मा कुनै स्टारलाई निर्देशक सुव्वाले कास्ट गरेका छैनन् । गौरव पहारी(क्षेत्री), सुनिल थापा(सुवाङे सुब्बा),बुद्धि तामाङ (माइला),सुरविर पण्डित देखिने गरेका कलाकार चलचित्र ‘दुई कदम’मा अभिनय गरेका छन् ।
चलचित्र ‘दुई कदम’को नायकमा इओन लिम्बु (आकाश) र नायिकामा सिमोन गिरी(रियाना)को मायाँप्रेम वरिपरि घुम्छ । चलचित्रमा आकाश र रियाना घुम्नका लागि पुर्वी नेपालको वसन्तपुर र गुफापोखरी वरपर पुगेपछि कथा सुरु हुन्छ । घुमेर फर्कदा चलचित्र सकिन्छ ।
चलचित्रको कथा सामान्य छ । रोचक छैन । प्रस्तुतीमा नयाँपन छैन । परम्परागत ढर्रामा चलचित्र बनाएका छन्, निर्देशक सुव्वाले । चलचित्र हेर्दै गर्दा निदाउने खतरा हुन्छ ।
चलचित्रमा सिमोन र इओनको केमेष्ट्रिी मिलेको छैन । इओनको अभिनयमा धेरै ठाँउमा खोट लगाउने ठाँउ भेटिन्छ । नायक इओनको चलचित्रमा गेटअपमा दाही,जुँगा र लामो कपाल हेर्दा के के नमिलेको भान हुन्छ । चलचित्रको नेपाली पुराना चलचित्रको पारामा द्वन्द्वका दृश्य देखाइएको छ । तर इओन फाइटको दृश्य हेर्दा पाराङ्गत लाग्छन् ।
नेपाली चलचित्रका अर्का कलाकार गौरव पहारी चलचित्रको अतिथी कलाकार झै मध्यान्तरपछि झुल्किन्छन् । पुर्वी नेपाल धनकुटाको वसन्तपुर बजार वरपरको दृश्य रहेको चलचित्रमा लिम्बुवान दरवारमा क्षेत्रीको भूमिकामा गौरव पहारी जागिरे हुन्छन् । जुन टे«लरमा पनि खुलाइएको छ ।
चलचित्रका गीतहरु ‘कागभन्दा कोइली चलाख’,‘ए बाबै नि’ र ‘विस्तारै विस्तारै’ हेर्दा र सुन्दा रमाइला छन् । चलचित्रको तुलनामा ।
चलचित्रमा सुनिल थापा ‘सुवाङ्गे सुव्वा’को भूमिका निभाएका छन् । लिम्बु संस्कृती झल्काउन पुराना घरहरु भएको दरवारमा सेना सुसारे हेर्दा गाँउको सामन्ती पारा देखाएको छ । चलचित्रमा खलनायक सुनिल थापाको अभिनयको पुरानै स्वाद पस्केका छन् ।
नायिका सिमोन गिरीले टेलि चलचित्रको कलाकारले झैं परम्परागत अभिनय गरेकी छिन् । उनले अभिनय गरिरहेकी हुन् वा सामान्य गफगाफ गरिरहेकी छिन् दर्शकलाई छुट्याउन कठीन हुन्छ ।
चलचित्रमा लिम्बुवान दरवार जस्तो विवादास्पद संवाद राखिएको छ । नेपालको पुर्वी भेगलाई लिम्बुवान राज्य माग गरिरहेको सन्दर्भमा लिम्बुवान दरवारका ‘सुवाङ्गे सुव्वा’ के हो ? चलचित्र हेर्दा कतुहल बढ्छ तर चलचित्रले जवाफ दिएको छैन । लिम्बुवान के हो ? कहाँ छ ? केही खुलाइएको छैन ।
हिमाल वरपर खिचिएको दृश्यहरु भएपनि क्यामेराले सुन्दरता कैद गरेको छैन । क्यामेराको फ्रेम मिलेको छैन । ठाँउ ठाँउमा आँखा बिझाउछ ।
चलचित्रमा कलर करेक्सन पनि हरिविजोक छ । रातो कलर धेरै खेलाइएको छ । चलचित्रको नायक र नायिका दुवैले ओठमा लिपिष्टिक लगाएको जस्तो दृश्य चलचित्र हेर्दा देखिन्छ ।
चलचित्रमा इओनले राम्रो नाचेका छन् । द्वन्द्वको दृश्यमा खोट लगाउने ठाँउ छैन । नायिका सिमोनको अभिनय कृतिम लाग्छ । चलचित्रमा ठाँउ ठाँउमा संवाद र दृश्यबीच मेल खाँदैन । डविङ गर्दा मिलेको छैन । चलचित्रको सिनेमेट्रोग्राफी यस्तो झुर छ कि चलचित्र सुरु भएपछिका केही दृश्य फोकस आउट छ ।
चलचित्रमा सुरविर पण्डितको हास्य संवाद नै मजाक लाग्छ । उनको अभिनयको पुरानो डर्रा हेर्दा जिरे खुर्सानी टेलिफिल्म सम्झना गराउछ ।
चलचित्रमा लिम्बु समुदायको संस्कृती झल्काउन हाङ दरवारको प्रसंग जोडिएको छ । जहाँ क्षेत्रीले नोकरी गरिरहेको देखाइन्छ । निर्देशक सुव्वाले चलचित्र भावनामा बनाएका हुन् कि भन्ने दर्शकलाई शंका गर्ने ठाँउ छोडेका छन् । हाङ दरवारको कुनै रौनक छैन । रिसोर्टलाई दरवार बनाइको छ । जहाँ दरवारको तामझाम छैन । जहाँ त्यान्ही घासै घाँस उम्रेको चौर छन् । फूलबारी, बगैचा आर्कषक भवन, ढोका सालिकजस्ता केही देखिदैन ।
चलचित्रमा टङकिसको दृश्य छ तर वेप्रसंग र पात्रहरु जिस्केको जस्तो पारामा खिचिएको छ । गहिरो मायाँमा डुवेका जोडीले आलिंगनमा बाधिएर स्वभाविक दृश्य जस्तो चुम्बनजस्तो देखिन्न ।
अरु त अरु चलचित्रको मध्यान्तरपछि अब के होला भन्ने रुचिकर ठाँउ समेत चलचित्रमा राखिएको छैन । जोडीको सामान्य प्रेमालाभमै चलचित्रको मध्यान्तर हुन्छ ।
चलचित्रले कुनै कौतुहता जगाउदैन । कुनबेला सकिएला र बाहिर जाँउ झैं लाग्छ ।
प्रतिक्रिया