१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर महानगरमा रहेका खेलकुद क्लबलाई ३७ लाख सहयोग



पाटन
२३ पुस । ललितपुर महानगरपालिकाले यस नगरपालिकाभित्र रहेका खेलकुद क्लबलाई आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले ११ क्लबलाई रु ३७ लाख सहयोग गरेको छ ।

महानगरले वार्षिक बजेटमा व्यवस्था भएअनुसार महानगरभित्रका ‘ए’ ‘बी’ र ‘सी’ डिभिजनमा रहेका खेलकुद क्लबलाई क्रमश ः रु चार लाख, रु तीन लाख र रु दुई लाखका दरले रकम उपलब्ध गराएको हो ।

यसैगरी विभिन्न प्रतियोगितामा विजय हासिल गरेका क्लबलाई समेत नगदसहित पुरस्कृत गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । पुरस्कृत हुनेमा ‘ए’ डिभिजनमा रहेका थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्डस् क्लब, सातदोबाटो युथ क्लब र चर्च व्वाइज युनाइटेड क्लब रहेका छन् ।

यस्तै ‘बी’ डिभिजनमा रहेका च्यासल युथ क्लब, ब्रिगेड व्वाइज र खुमल्टार युथ क्लब तथा ‘सी’ डिभिजनमा रहेका सानेपा युथ क्लब, खालीबारी युथ क्लब, पुल्चोक स्पोर्टस् क्लब र झम्सिखेल युथ क्लबलाई पुरस्कृत गरिएको छ । सबै क्लबलाई प्रमुख महर्जनले रकमको चेक हस्तान्तरण गरे ।

“आगामी दिनमा खेलकुद क्लबलाई प्रदान गरिने रकममा वृद्धि गर्छौँ”, प्रमुख महर्जनले भने ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ४ : ४८ बजे