२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राजधानीका अस्पताल नै छन् विरामी (तस्विरहरु)



काठमाडौँ
६ माघ । मानिसहरू बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरू स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् । गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरू धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरू केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्य चौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नै पर्ने बाध्यता छ ।

स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन । स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरू हेर्दा लाग्छ, काठमाडौँ उपत्यकाका केही अस्पतालहरू आफैँ बिरामी छन् ।
अस्पतालको परिसरमा बिरामी कुरुवाहरूका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरु, पुराना स्वास्थ्य सामग्रीहरू यत्रतत्र फालिएको देख्न सकिन्छ । अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरूको उचित व्यवस्थापन हुन सकेको छैन ।

अस्पतालेको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै । हेरै यस्तै केही बिरामी अस्पतालहरू :

 

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ६ : ११ बजे