५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ



१२ माघ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाग्लुङका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लक्ष्मीलाई ललितपुरको धोबिघाटबाट बिहीबार पक्राउ गरेको हो।

सरिता तिमल्सेना (कँडेल)सहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पूर्जी समेत जारी भएको थियो।
गत जेठ २ गते जिल्ला अदालत बाग्लुङबाट पक्राउ पूर्जी जारी भएपछि फरार भएकी २७ वर्षीया लक्ष्मीलाई सीआईबीले पक्राउ गरेको हो।
पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।