१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अफगानिस्थानलाई हराउदै नेपाल यु १९ विश्वकप सुपर सिक्समा प्रवेश



१२ माघ । नेपाल आईसीसी यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाल रहेको समूह ‘डी’बाट पाकिस्तान र न्युजिल्याण्डले यसअघि नै सुपर सिक्सनको यात्रा तय गरिसकेका छन् ।

नेपालका लागि कप्तान देव खनालले ५८ रनको अर्धशतकीय पारी खेले । ८९ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिपक बोहराले २७ रन बनाउँदा आकाश त्रिपाठी १६ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आफगानिस्तानका लागि फ्रिदोन दावदजाईले तीन विकेट लिए । त्यस्तै खलिल अहमद र नसिर खानले दुई–दुई विकेट लिए । अफगानिस्तानका लागि गजनफर र अर्ब गुलले एक–एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सवै विकेट गुमाएर १४५ रन बनाएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।
नासिर खान ८३ बलमा ३ चौकासहित ३१ रनमा दीपेश कँडेलको बलमा कट एन्ड बोल्ड आउट भए । फरिदुनले ६५ बलमा ४ चौकासहित २९ रनमा आउट भए । नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
गुलशन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्ये सुपर सिक्समा हरेक टोलीबाट ३–३ टोली पुग्ने छन् । सुपर सिक्समा समूह ए र डी तथा समूह बी र सी का टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रोसँग खेल्नेछन् । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने छ ।

नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेतासँग खेल्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : १४ बजे