१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल बंगलादेशसँग पराजित



१७ माघ । आईसीसी यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्स खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकमा बुधबार भएको खेलमा जितका लागि नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि स्पिनर सुवास भण्डारीले ५ विकेट लिएपनि नेपाललाई जितका लागि पर्याप्त भएन ।
बंगलादेशका लागि अरिफुल इस्लाम र जिशान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा नटआउट ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिशानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । कप्तान देव खनाल ३५ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता ९ रनमा आउट भए । गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३–३ रनमा आउट भए । अर्जुन कुमाल १४ रनमा आउट भए । विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भए ।

बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १–१ विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : १२ बजे