५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थापा रकम हिनामिना गरी फरार



१९ माघ । बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत रकम हिनामिना गरेर फरार भएका हुन् ।
करिब ५०० जना बचतकर्ताले दुई वर्षदेखि बचत गरेको उक्त रकमको सावा तथा ब्याज समेत नदिई अपचलन गरी फरार भएका हुन् । उनीसँगै उनकी श्रीमती समेत रहेकी सहकारीकी व्यवस्थापक सन्जना राजकर्णिकार समेत फरार भएकी छन् । उनीहरूका विरुद्धमा बचतकर्ताहरूले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।