६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित



२५ माघ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध रोमाञ्चक जित हात पारेको छ । बिहीबारदेखि काठमाडौंमा शुरु भएको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको हो ।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा समेटियो । क्यानडाका लागि निकोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए भने प्रगत सिंहले ५० रन बनाए ।

नेपालका लागि डेब्यू खेलमा रिजन ढकालले एक विकेट लिए । कप्तान रोहितले सर्वाधिक ४ विकेट लिएको खेलमा ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी, पवन सरार्फ र कुशल मल्लले समान एक एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ११ : ३३ बजे