६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नामिबियासँग नेपाल ४ विकेटले पराजित



३ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपाल पराजित भएको छ । ब्याटरहरू चल्न नसक्दा नेपाल नामिबियासँग चार विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय ३३ रनको झिनो लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई र कप्तान राेहितकुमार पाैडेलले एक विकेट लिए पनि हार टार्न सकेनन् ।

नेपालकाे ब्याटिङ फ्लप

नामिबियाविरुद्ध नेपालकाे ब्याटिङ निकै खराब रह्याे । टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपाल ४१.१ ओभरमा १ सय ३२ रनमा अलआउट भयो । टस जितेर बलिङ गर्ने निर्णय लिएको नामिबियाले नेपाललाई १ सय ३२ रनकै राेकिदिएकाे हाे ।

नेपाललाई सस्तैमा समेट्न नामिबियाका गेरहार्ड एरास्मसले घातक बलिङ गरेका थिए । उनले ८.१ ओभर बलिङ गर्दै २८ रन दिएर पाँच विकेट लिँदै नेपालको ब्याटिङ धराशायी पारिदिए । यस्तै, रुबेन ट्रम्पलमन र ज्याक ब्रसेलले समान दुई/दुई विकेट लिए भने जन निकोल लोफ्टिएटनले एक विकेट लिए ।

पहिलो बलमै नेपालले कडा झड्का व्यहोरेको थियो । पहिलो बलमै नेपालका ओपनर कुशल भुर्तेल आउट भएका थिए ।त्यस्तै, अर्का ओपनर आसिफ शेखले ४ रन जोडेर आउट हुँदा अनिल साहले ८ रन जोडेर पेभेलियन फर्किए ।

आज कप्तान रोहित पौडेल पनि जम्मा एक रन जोडेर आउट भए । त्यस्तै, कुशल मल्लले १५, सोमपाल कामीले दुई, गुल्सन झाले २१ तथा पवन सर्राफले १२ रन जोडे ।

केही सम्हालिएको ब्याटिङ गरेका भीम सार्कीले नेपालका लागि सर्वाधिक ४४ रन जोड्दा करण केसी १६ रन जोडे । ११ बलको सामना गरेका ललित राजवंशी शून्य रनमा नटआउट रहे ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १० : ४७ बजे