६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेदरल्याण्ड्समाथि नेपालको शानदार जित



५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि शानदार जित निकालेको छ । शनिबार नेदरल्याण्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७ र आसिफ सेखले ५४ रन बनाउँदा कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : ०३ बजे