११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


समग्र बैंकिङ क्षेत्र सबल छ, कुनै पनि बैंक समस्यामा छैनन्ः राष्ट्र बैंक



८ फागुन । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको भएको भन्दै बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने कार्यको पछाडि नलागी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसंग नियमित रुपमा बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ।

बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको, नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुर्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न कानुनले स्पष्ट जिम्मेवारी आफूलाई सुम्पिएको राष्ट्र बैंकले प्रस्ट पारेको छ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्याससमेतका आधारमा केन्द्रीय बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा भएको भन्दै बैंकहरुको नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण भइरहेको समेत राष्ट्र बैंकको भनाई छ।

‘कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचक तथा कर्जा, संस्थागत सुशासनलगायत अन्य विषयमा कुनै समस्या देखिए केन्द्रीय बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ।

‘बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा राष्ट्र बैंकले उनीहरुलाई निर्देशन दिँदा र निरीक्षण/सुपरिवेक्षण गर्दासमेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको हुन्छ,’ राष्ट्र बैंकको भनाई छ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : २३ बजे