१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लोप हुँदै गहना लगाउने संस्कृती (तस्विरहरु)



१२ फागुन । समाजमा गहनाको ठुलो महत्त्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ । गहना शृङ्गार मात्रै होइन संस्कार पनि हो ।


गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेर समूहका आधारमा पनि फरक फरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् ।

विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक फरक प्रकारका गहना लगाइन्छ । तर अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहनाहरू लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै पौराणिक गहनाहरू लोप मात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ ।


नेपालमा कि परम्परा र संस्कृती र रितीरिवाज मन पराउने बृद्धले गरगहना लगाउछन् कि विभिन्न सास्कृतिक उत्सवको कार्यक्रममा पछिल्लो पुस्ताले गहना लगाएको देख्न पाइन्छ ।


देखाउटी संस्कार सुरु भएसँगै पछिल्लो पुस्ता नक्कली गहनामा रमाउन थालेको छ । सुनचाँदी र हिरामोती महँगो हुनु र नेपालीको आन्दानीको श्रोत नहुनु गहना लगाउन छोड्नुको अर्को कारण हो ।


महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बाला, ढुङ्ग्री, चाँद जस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन् । जिल्लाका सहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभई अधिकांश ग्रामीण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : ४४ बजे