१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भृकुटीमण्डपमा मिटर व्याजविरुद्ध आन्दोलनमा सहभागीहरुको कन्तविजोक (तस्विरहरु)



ललितखबर
१९ फागुन । राजधानीको भृकुटीमण्डपमा मिटर व्याज पिडितहरुको आन्दोलन जारी छ । खुला चौरमा पाल टाँगेर बसेका सयौं आन्दोलनकारीहरुको अवस्था असाध्यै नाजुक देखिएको छ ।
खुला चौरमा त्रिपाल टाँगेर बसेका आन्दोलनकारी विरामी पर्न थालेका छन् । धेरैलाई झाडापखला लागेको छ । रुघाखोकीको प्रकोप फैलदो छ । यहाँ बस्नेहरुलाई रातमा हिड्दा कुकुरले टोक्ने गरेको छ ।

साहुले कुटेर हाँत भाँचिदिएपछि घाइते अवस्थामा आन्दोलनमा सहभागी हुँदै ।

खानलाई २४ घण्टामा एक पल्ट दालभात दिइन्छ । किन्न नसक्नेहरु दिनभर भोकै हुन्छन् । शौचालय छैन । आन्दोलनमा आएकाहरुसँग शौचालयमा तिर्ने पैसा समेत नहुँदा बिचल्ली छ ।
भृकुटी मण्डप सडकमै बसेर आन्दोलनमा सहभागीहरु प्लास्टिकको झोलामा भात खाइरहेको अवस्थामा भेटिन्छन् । शेख मुस्तुफा खाने थालभाँडा नहुँदा समस्या भइरहेको बताउछन् । भन्छन्, ‘भाँडाकुडा बोकेर आउने कुरा भएन । प्लाष्टिक खोजेर ल्याएर दिएको खाना खाइरहेका छौं ।’

चिसो चौरमा सुस्ताउदै महिलाहरु।

 

भृकुटी मण्डपमा आन्दोलनकारीका लागि दिनमा एक छाक मात्रै भात पाक्छ । १२ बजे भात खाएपछि आन्दोलनकारी विहान बेलुका भोकै हुन्छन् । खल्तीमा पैसा हुने दालमोठ चिउरा खान्छन् । अरु भोकै ।

भेक लागेपछि भुजा र प्याज खादै सहभागी ।

चिसो भूईमा कार्पेट राखेर सुतेका आन्दोजनकारीहरु विरामी पर्न थालेका छन् । रातको समय ओड्ने ओछ्याउने नहुँदा चिसोले समस्या भइरहेको सहभागी सहिता खातुन दुखेसो सुनाउछिन् । पछ्योराको भरमा रात गुजारा गरिरहेकी खातुन भन्छिन्, ‘बहुत गाह्रो छ ।’
परशुरामकुमार यादव दिनमा एकछाक मात्रै दाल र भातको भरमा कठीन दैनिकी चलाइरहेको बताउछन् । मेसमा पकाइएको खाना मिठो छैन । तरकारी र अचारको व्यवस्था छैन । पानी नै पानी राखेर दाल पकाइएको छ । भात डेक्चीमा पकाएको हुँदा काँचो भेटिन्छ । दिनभर चाउचाउ र दालमोठ चिउरा हुनेले खान्छन् ।
चौरमा बसेका सहभागीहरुलाई रुघाखोकी देखिन थालेको छ । धेरैमा झाडापखला देखिएको छ । सहभागीहरुलाई औषधि दिन सुरु गरि गरिएको छ ।

बच्च बोकेर आएकी सहभागी ।

भृकुटी मण्डपमा रातको बेला शौचालय जान पनि समस्या छ । यहाँको सार्वजनिक शौचालयमा १० रुपैया तिर्न सबैसँग पैसा छैन । चौरमा रातको समयमा दिसा पिसाप गर्ने क्रम सुरु भएको छ ।
यहाँका भुस्याहा कुकुरले मधेसमुलका नयाँ मान्छे देख्नासाथ झम्टने गरेको आन्दोलनमा सहभागी बताउछन् । आन्दोजनमा सहभागी हरिबहादुर मश्राङ्गी रातको बेला भृकुटीमण्डपमा शौचालय जाँदा कुकुरले टोक्यो । टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा रेविज विरुद्ध सुई लगाएका मश्राङ्गी शौचालयको प्रबन्ध नहुँदा कष्ट भोगेको अनुभव सुनाउछन् । यहाँका आन्दोलनकारी ४ ५ जनालाई कुकुरले टोकिसकेको उनी बताउछन् ।

विरामीहरुलाई औषधि वितरण गरिदै ।

आएर बसेको एक साता भयो । ३२ दिन अघि पैदल यात्रा गरेर आएका पिडितहरु निरन्तर प्रर्दशनमा छन् । हिडेर आउनेहरुको खुट्टाको छाला गएको छ । आन्दोलनमा सहभागीलाई साहुले कुटेर घाइते बनाएकाहरु समेत बसिरहेका छन् । धेरै बृद्धहरु कष्टकर दैनिकी विताइरहेका छन् । कतिपय बच्चा बोकेर आन्दोलनमा आएका छन् । तर माग पुरा गरेको छैन ।

भोकले शिथिल सहभागीहरु ।

३२ दिनदेखि उनीहरु मिटर व्याजमा लिएको पैसा मिनाहालगायतका माग राखेर सरकारविरुद्ध आन्दोनमा छन् । उनीहरुले राखेको ६ बुँदे माग सरकारले पुरा गरेको छैन । वार्ता भने जारी छ ।
सरकारले मिटर व्याज लिने विरुद्ध कानून बनाए पनि विगतमा ऋण लिनेहरुको सवालमा निर्णय नहुँदा कानूनी समस्या परेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ६ : १९ बजे