१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरीमा चप्पल लगाएर म्याराथनमा भाग लिएपछि लोकेन्द्रले पाए पुरस्कार



ललितखबर
२८ फागुन । गोदावरी नगरपालिकाले आयोजना गरेको म्याराथन प्रतियोगितामा चप्पल लगाएर भाग लिएका लोकेन्द्र राईले पुरस्कार पाएका छन् ।
नगरपालिकाले आयोजना गरेको २१ किलोमिटर हाप म्याराथन प्रतियोगितामा उनी सातौं बनेका थिए । उनलाई नगरपालिकामा आयोजित कार्यक्रममा पुर्वस्वास्थ्यमन्त्री गगन थापाले ट्रयाक सुट, जुत्तासँगै १० हजार नगर पुरस्कार प्रदान गरे ।
आफूसँग दौड्ने जुत्ता नभएपछि चप्पल लगाएरै भाग लिएका लोकेन्द्रले ललितखबरसँग बताए । उनलाई प्रोत्साहन स्वरुप पुरस्कार दिइएको नगरपालिकाले जानकारी दिएको छ ।
उनी प्लटुमा अध्ययन गर्ने राई हप्ताको ६ दिन दौड्ने गर्दछन् । आफूलाई दौडमा भाग लिन तीब्र इच्छा भएकोले कपनबाट भाग लिन गोदावरी आएको उनी बताउछन् ।
म्याराथन प्रतियोगितामा चप्पल लगाएरै २१ किलोमिटर पार गरेको कार्यक्रममा देखेपछि प्रोत्साहनका लागि सहृदयीहरुले रकम उठाएर २ हजार १ सय रुपैयाँ कार्यक्रम स्थलमै दिएको उनी बताउछन् ।
राई मोजा र चप्पल लगाएर पुरस्कार थाप्न मञ्च उक्लेका थिए ।
उनी दौडसँगै फुटवल, भलिवल र वास्केटवल खेल्न धेरै रुचि भएको बताउछन् ।
नगरपालिकाले आठौं नगर दिवसको सन्दर्भ पारेर म्याराथन प्रतियोगिता आयोजना गरेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ०७ बजे