१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंककाे ब्याजदर घट्याे



३० फागुन । एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले भोलि चैत १ गतेदेखि मुद्दती बचतको ब्याजदर थप घटाउने भएको छ । एनआईसी एसियामा गएको महिना उच्च दरमा निक्षेप झिकिएको कारण बैंकले ब्याजदर बढाएर प्रस्ताव गरेको हो ।

एनआईसी एसियाले फागुनमा मुद्दतीमा अधिकतम आठ प्रतिशत ब्याज दिएकोमा चैतमा आठ दशमलव ५४ प्रतिशत दिने भएको छ । फागुनमा मुद्दती निक्षेपको ब्याजदर औसत सात दशमलव सात प्रतिशत रहेकोमा चैतमा घटेर सात दशमलव २५ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

चैतका लागि एनआईसी एसियाले सबैभन्दा धेरै आठ दशमलव ५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले पाँच दशमलव ६६ प्रतिशत प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ४६ बजे