१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


घट्यो पेट्रोलियम पदार्थको मूल्य



२ चैत्र । आजबाट पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नियमका अनुसार पेट्रोलमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा समान एक एक रुपैयाँ घटाएको हो।

भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले नयाँ मूल्य कायम गर्ने क्रममा मूल्य घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने निगमले बढाएको छैन ।
निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।
१–१ रुपैयाँ घटाएको हो।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : ३४ बजे