१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आयरल्याण्ड वुल्भसलाई नेपालले ६ विकेटले हरायो



१२ चैत । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्याण्ड वुल्भसलाई ६ विकेटले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड वुल्भसले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेल ४ चौकासहित ३८ रनमा अविजित रहे, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७ र आसिफ शेखले १६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले अविजित २० रनको योगदान गरे । आयरल्याण्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२१ रन बनाएको थियो । आयरल्याण्डका लागि स्टेफन दाने ४६ रन जोडे । त्यसैगरी लियाम म्याकार्थीले १६ रन बनाए । थोमस मेएस १६ रनमा रनआउट भए ।

त्यस्तै फियोन ह्यान्डले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केड क्रमचेल ८, नेइल रकले ५, रस एडेर र ग्रेथ डेलीनीले चार चार रन बनाए । नेपालका ललित राजवंशी, गुलसन झा र कुशल भुर्तेलले २-२ विकेट लिँदा करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १० : ४१ बजे