१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आयरल्याण्ड वुल्भ्सविरुद्धको दोस्रो खेलमा पनि नेपाल विजयी



काठमाडौं । नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको दुई खेलको टी-२० सिरिज क्लिन स्वीप गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । मंगलाबार सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्याण्डलाई ७१ रनले पराजित गर्दै सिरिज २–० ले क्लिन स्वीप गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटियो । आयरल्याण्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाए। उनले १३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट भए । नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे । गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे ।

कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट भए भने विवेककुमार यादव ७ रनमा अविजित रहे । आयरल्याण्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटले २ विकेट लिँदा फिओन ह्यान्ड र गेभिन होईले १/१ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ११ : ४३ बजे